+
+

कालिका लघुवित्तले २० प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते ११:०८

९ माघ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ ।

६ माघ, शुक्रबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई काल कायम रहेको चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?