+
+

पर्यटन सचिवको निर्देशन : निगमलाई जहाज थप्ने हो भने बिजनेश प्लान बनाउनूस्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १२:३३

९ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका छन् ।

सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले जहाज किन्ने हो भने स्पष्ट बिजनेस प्लान बनाउन निर्देशन दिए । ‘हो, निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुहोस्’ उनले भने ।

कुनै पनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन निर्देशन दिए ।

उनले ग्राउन्ड ह्यान्डिलिङ अरु कम्पनीलाई दिनेबारे कुनै छलफल नै नभएको भन्दै निगमले नै पाउने बताए । तर, निगमको उडानमै केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?