+
+

मन्त्री टुंगो लगाउन काठमाडौं गए गण्डकीका मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १८:४३

९ माघ, पोखरा । मन्त्री नाम टुंगो लगाउन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी काठमाडौं पुगेका छन् । सोमबार बिहान मन्त्रालयको नाम टुंगो लगाएका उनी आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा थिए । आफ्नो पार्टी एमालेभित्रै आकांक्षी धेरै भएपछि खगराजलाई नाम टुंगो लगाउन सकस परेको छ ।

१२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका अधिकारीले एमालेबाट सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाबाट पञ्चराम तमुलाई बिना विभागीय मन्त्री बनाइसकेका छन् । एमालेले मुख्यमन्त्रीसहित ४, माओवादीले २, राप्रपाबाट १ मन्त्री पाउने सहमति छ ।

अब एमालेबाट २ मन्त्री नियुक्त गर्न खगराजलाई सकस परेको छ । माओवादीले ३ मन्त्रालय पाउनुपर्ने दाबी गरे पनि अब चुमानपछि एक जनाले मात्र अवसर पाउने मुख्यमन्त्री सचिवालयले जनाएको छ । एमालेबाट रोशन गाहामगर, लिलबहादुर थापा, पद्मा जिसी, भक्त कुँवर लगायतले मन्त्री हुन कसरत गरिरहेका छन् ।

काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि पुस २९ गते विश्वासको मत लिएका थिए । मंगलबार नै मन्त्रिपरिषद् विस्तार गर्ने योजनासहित मुख्यमन्त्री शीर्ष नेतालाई भेटेर नाम टुंगो लगाउन काठमाडौं पुगेका हुन् ।

अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर मात्र नामबारे टुंगो लगाउने बताएका थिए । मन्त्रीको नाम टुंगो लगाएर मंगलबार नै मन्त्रिपरिषद् विस्तारको तयारी भएको सरकारको प्रवक्ता तथा बिना विभागीय मन्त्री सीता सुन्दासले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?