+
+

जाडो प्रभावित दुई दर्जन विपन्न परिवारलाई ब्ल्यांकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १९:००

९ माघ, जनकपुरधाम । काठमाडौंकी एक सहयोगी व्यक्तिले जाडो प्रभावित महोत्तरी र धनुषाका ३० विपन्न परिवारलाई न्यायो बाँडेकी छिन् ।

महोत्तरी गौशाला नगरपालिका २३ र सम्सी गाउँपालिकाका ५ अति विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो ।

जाडोले कठ्यांग्रिएर रात काट्ने अति विपन्न परिवारलाई सरसफाइ अभियन्ता धिरेन्द्र साहको नेतृत्वमा तथा सञ्चारकर्मीको उपस्थितिमा घरघरमै पुगेर ब्ल्यांकेट हस्तान्तरण गरिएको छ ।

काठमाडौंकी एकजना महिला समाजसेवीले अनलाइनखबरमा ‘जाडोले १५ जनाको ज्यान गइसक्यो, दाउरा बाँडेर बसेको छ सरकार’ शीर्षको समाचार पढेर  ३० वटा ब्ल्यांकेट वितरणको लागि पठाएकी थिइन् । उनले आफूले प्रचारका लागि यो सहयोग नगरेको भन्दै आफ्नो परिचय गोप्य राख्न आग्रह गरेकी छिन् ।

अनलाइनखबरको जनकपुर संवादाता शैलेन्द्र महतोले संयोजन समन्वय गरी उक्त ब्ल्यांकेट सरसफाइ अभियन्ता साहको हातबाट लक्षित परिवार समक्ष पुर्‍याएका हुन् ।

गौशाला नगरपालिका ४ स्थित मलहनिया पोखरी किनार र वरपर बसोबास गर्ने मध्येका १७ सुकुम्बासी मुसहर र धन्कार समुदाय, गौशाला नगरपालिका २ निगौलका २ जना र इलाका प्रहरी कार्यालय गौशालाको थुनुवालाई तीनवटा बल्यांकेट उपलब्ध गराइएको छ ।

त्यस्तै सम्सी गाउँपालिका वडा नंं. ४ र ५ का डोम र चमार समुदाय गरी पाँच परिवार र धनुषा जिल्लाका ३ जना अति विपन्न परिवारलाई बल्यांकेट वितरण गरिएको हो ।

सामाजिक अभियन्ता साहले संकटको बेला सरकार मुकदर्शक भएको अवस्थामा सबैले एकअर्कालाई सहयोग गर्नुपर्ने भावनाको विकास गर्न सांकेतिक रुपमा केहि अति विपन्न परिवारलाई बल्यांकेट वितरण गरिएको बताए ।

सहयोगीलाई धन्यवाद दिँदै उकनले तीनै तहको सरकार अझै पनि संकटमा जनताको जिउज्यानप्रति जिम्मेबार नबनेको आरोप लगाए । संकटको घडीमा आफू भन्दा गरिब तथा विपन्न परिवारलाई सबैले सहयोग गर्नुपर्ने र सरकारले यस्तो बेलाको लागि पूर्व तयारी गर्नुपर्ने साहको भनाइ छ ।

ब्ल्यांकेट वितरणमा महिला अधिकारकर्मी पुजा साह, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र, सञ्चारकर्मी अमरेश मल्लिक, रामबाबु यादव लगायतले सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?