+
+

१५ माघमा माइतीघरमा बालेनविरुद्ध प्रदर्शनको तयारी 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १९:३०

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) विरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले धर्ना एवं प्रदर्शन गर्ने भएको छ ।

समितिका संयोजक सुमन सायमीका अनुसार काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको हो ।

मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको भन्दै उनीविरुद्ध धर्नाको तयारी गरिएको सायमीले बताए ।

मेयर बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।

संविधानले सुरक्षित गरेको सम्पत्ति सम्बन्धी मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काउने कार्य गरेको, कथित विकासको नाममा अध्ययन र योजनाविना डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको उनीहरुले आरोप लगाएको छ ।

कानुनी प्रक्रिया नै नपुर्‍याइ अनाधिकृत रुपमा निजी घरवासमा प्रवेश गरेर महानगरले ज्यादती गरेको उनीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?