+
+

कृष्णमोहनलाई प्रचण्डको सलाम

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते २०:४६

९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलको स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीको हेडक्वार्टर हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भए ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लगायत पनि कार्यक्रममा पुगेका थिए । कार्यक्रम आरम्भ भए लगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बलका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठको शालिकमा सलाम गरे । श्रेष्ठ माओवादी विद्रोहीको गोलीबाट मारिएका उच्च सुरक्षा अधिकारी हुन् ।

ललितपुरको बागडोलमा ०५९ माघ १२ गते ‘मर्निङ वाक’मा हिँड्दै गर्दा श्रेष्ठसहित उनकी पत्नी एवं सशस्त्र प्रहरी महिला संघकी संस्थापक अध्यक्ष नुडुप र श्रेष्ठका अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीलाई माओवादी छापामारले गोली हानेर मारेका थिए । घटनाको दुई दिनपछि सरकार र विद्रोही पक्ष माओवादीबीच दोस्रोपटक युद्धविरामका लागि सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?