+
+

बागमती सरकारले भोलि पूर्णता पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १९:२८

१० माघ, हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमतीमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । अब मन्त्रीहरुको नियुक्ति तथा शपथ बुधबार हुने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

‘भोलि २ बजेतिर ११ वटा मन्त्रालय अन्तर्गतका थप मन्त्रीहरुको नियुक्ति र शपथ ग्रहण पनि हुनेछ ।’ थपलियाले भने, ‘११ वटै मन्त्रालयले पूर्णता पाउँछ । भोलि बिहानसम्ममा कुन दलबाट को जाने भनेर टुंगिन्छ ।’

बागमती प्रदेश मन्त्रिपरिषद्मा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबाट मात्रै सहभागि गराईने थपलियाले बताए ।

प्रदेश मन्त्रिपरिषद्मा अहिले नेकपा एमाले संसदीय दलका नेता थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापा विना बिभागीय मन्त्री छन् ।

यसैगरी प्रदेश मन्त्रिपरिषद्ले मन्त्रालयहरुको खर्च कटौती गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिप।िरषद्को कार्यालयका सचिव र प्रदेश लेखा नियन्त्रक सदस्य रहेका छन् ।

यो कार्यदलले विद्युत, पानी, सवारी खर्च, सचिवालय खर्च लगायत मन्त्रालय तथा सम्बन्धित कार्यालयहरुमा हुने खर्चहरुको कटौती गर्न सकिने क्षेत्रको पहिचान गरी प्रतिवेदन तयार गर्ने मन्त्री थपलियाले जानकारी दिए ।

कार्यदललाई प्रतिवेदन तयार गर्न १५ दिनको समय दिइएको छ । न्यूनतम खर्चमा प्रदेश सरकार सञ्चालन गर्नका लागि सरकारले तयारी थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?