+
+

स्याङ्जामा फुटबल मैदानमा हेलिकोप्टर उतार्ने पाइलट निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १९:३८

१० माघ, काठमाडौं । पोखराबाट स्याङ्जा जान अनुमति लिएर उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए ।

तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर उडानमा पाइलटले यात्रुले दिएको लोकेसनमा सबैभन्दा सुरक्षित स्थान हेरेर अवतरण गराउने निर्णय लिन सक्छन् । तर, फुटबल खेल भइरहेको मैदानमा मानवीय गतिविधि हुने र यसले हेलिकोप्टरको सुरक्षामा जोखिम हुने जान्दाजान्दै अवतरण गराएपछि उनी कारवाहीको दायरामा आएका हुन् ।

एक हेलिकोप्टर सञ्चालकका अनुसार यस उडानमा पाइलटलाई मैदानमा अवतरण नगराएवापत आकाशमै यात्रुले धम्की दिएको भए पोखरा टावरलाई खबर गरेर ‘वायुयान हाइज्याक’ भएको भनी खबर दिन सक्थे । अर्कोतर्फ उनले हेलिकोप्टरलाई पोखरामै फिर्ता हुन सक्ने विकल्प पनि थियो । तर, पाइलटले यात्रुले भनेकै स्थानमा अवतरण गरी जोखिम मोलेको उनको भनाइ छ । सोहीकारण यस्तो उडानमा पाइलटलाई सचेत गराउनु स्वभाविक रहेको उनको भनाइ छ ।

नियम अनुसार हेलिकोप्टर उडानमा गन्तब्य र त्यसको सुरक्षाको जिम्मेवारी वायुयान सञ्चालक र पाइलटले नै लिनुपर्छ । सोहीकारण पाइलटलाई सुरक्षित लागेको स्थानमा हेलिकोप्टर अवतरण गराउन सक्छन् । स्याङ्जाको हकमा सुरक्षित अवतरण हुन सक्ने अन्य स्थान बेवास्ता गरी फुटबल मैदानमा हेलिकोप्टर लगेपछि पाइलट नियामक निकायको कारबाहीको दायरामा आएका हुन् । पाइलट ग्राउण्डेड भएपछि उनले पुनः वायुयान उडाउन प्राधिकरणले तोके अनुसारका प्रक्रिया पुरा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?