+
+

न्युकासल लिग कपको फाइनल नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते ९:४२

११ माघ, काठमाडौं । न्युकासलले इंगलिस लिग कपको सेमिफाइनल पहिलो लेगमा साउथह्याम्पटनलाई १-० ले पराजित गरेको छ ।

अवे मैदानमा प्राप्त जितपछि न्युकासललाई घरेलु मैदानमा खेल्दा फाइदा हुनेछ । न्युकासलले एक कदम फाइनलतर्फ अघि सारेको छ ।

न्युकासलका लागि जोएलिन्टनले खेलको ७३औं मिनेटमा गोल गरेका थिए । साउथह्याम्पटनका डुजे कालेटा कञारले ८६औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यस जितपछि फाइनल पुग्नका लागि न्युकासल दाबेदारको रुपमा छ । सन् १९९९ को एफए कप फाइनलपछि न्युकासल पहिलो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ ।

न्युकासल र साउथह्याम्पटनबीचको दोस्रो लेगको खेल आगामी मंगलबार हुनेछ ।

लिग कपको अर्को सेमिफाइनल म्यानचेष्टर युनाइटेड र नटिङहम फरेस्टबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?