+
+

भूकम्पमा प्रभावितको उद्धार र उपचारमा गम्भीर भएर खटिन मुख्यमन्त्री रावलको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १०:१२

११ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाको गाउँपालिकाको सीमा क्षेत्र मैला केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावितहरुको उचित व्यवस्थापनका लागि पनि रावलले निर्देशन दिएका हुन् ।

तराईका जिल्लामा समेत धक्का महसुस भएको भुकम्पले बाजुरासहितका पहाडी जिल्लामा भएको क्षतिप्रति गम्भीर बन्दै सोहीअनुसार खटिन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री रावलले अझै भूकम्पका पराकम्प आउन सक्ने भन्दै चनाखो रहन समेत सबैलाई आग्रह गरेका छन् ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा महिलाको मृत्यु भएको छ भने जिल्लामा अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार हिमपात र वर्षाका कारण टेलिफोन सम्पर्क नहुँदा हिमाली गाउँपालिका र गौमुल गाउँपालिकाका कतिपय वडाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?