+
+

दुई वर्षको निलम्बनपछि ट्वीटरमा फर्किइन् कंगना रनौत, गरिन् ‘इमर्जेन्सी’को रिलिज मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १२:१०

काठमाडौं । दुई वर्षको निलम्बनपछि बलिउड अभिनेत्री कंगना रनौत ट्वीटरमा फर्किएकी छन् । ट्वीटरमा फर्कनासाथ उनले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन मिति घोषणा गरेकी छन् ।

प्लेटफर्मको सामुदायिक नियम पालना नगरेको र घृणाका अभिव्यक्तिलाई प्रोत्साहन दिएको भन्दै कंगनाको ट्वीटर ह्यान्डललाई सन् २०२१ को मे महिनामा निलम्बन गरिएको थियो ।

त्यसबेला ट्वीटरका एक अधिकारीले भनेका थिए, ‘हामीले अनलाइन हानि पुर्‍याउने सम्भाव्य व्यवहारमा कडा कारबाही गर्ने कुरामा स्पष्ट छौं । घृणित आचरण र अपमानजनक व्यवहार नीतिको बारम्बार उल्लंघनको लागि स्थायी रूपमा निलम्बन गरिएको छ । हामी हाम्रो सेवामा सबैका लागि विवेकपूर्ण र निष्पक्ष रूपमा ट्वीटरका नियमहरू लागु गर्छौं । अभिनेत्रीले धेरै पटक आफ्नो सामाजिक सञ्जालको खातामा कथित घृणित र उत्तेजक सामग्री पोस्ट गरिन्, जुन धेरैले प्रशंसा गरेनन् ।’

तर कंगना अहिले ट्वीटरमा फर्किन सफल भएकी छन् । फर्किएपछिको पहिलो ट्वीटमा उनले लेखेकी छन्, ‘सबैलाई नमस्कार, यहाँ फर्केर पाउँदा खुसी लाग्यो ।’ उनका धेरै फिल्मी साथी र उनका फ्यानले टिप्पणी सेक्सनमा उनलाई फिर्ता भएकोमा स्वागत गरेका छन् ।

अभिनेत्रीले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’ को रिलिज मितिबारे पनि प्रमुख घोषणा गरेकी छिन् । छायांकन बेलाको भिडियो पनि सेयर गर्दै उनले फिल्म ‘इमर्जेन्सी’ २० अक्टोबर, २०२३ मा फिल्म हलमा भेट्ने वाचा गरेकी छन् । रनौत अभिनित फिल्म ‘इमर्जेन्सी’ले दर्शकमाझ फिल्मप्रति उत्सुकता जगाएको छ । निर्देशक समेत रहेकी अभिनेत्रीले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा अभिनय गर्नेछिन् ।

अनुपम खेर नेता जेपी नारायणको भूमिकामा देखिनेछन् । अभिनेता श्रेयश तलपदेले देशको तीन कार्यकाल प्रधानमन्त्री बनेका स्वर्गीय राजनीतिज्ञ अटल बिहारी वाजपेयीको महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । कंगनासँग उनको पाइपलाइनमा तेजस, मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिड्डा, द इन्कारनेसन : सीता, बंगाली थिएटर व्यक्तित्व नोती बिनोदिनीको जीवनी र चन्द्रमुखी २ पाइपलाइनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?