+
+
Shares
कविता :

तिमी जलेका होइनौ, जलाइएको हो

विकास रेग्मी विकास रेग्मी
२०७९ माघ ११ गते १२:३१
विकास रेग्मी

प्रेम आचार्य दाइ

तिमीले गरेका प्रयास

तिमीले गरेका संघर्ष

तिमीले भोगेका पीडा

तिमीले सहेका दु:ख

अनि

पाएको शून्य प्रतिफल

जे छ, उस्तै छ

कथा फरक होला

व्यथा उस्तै छ

तिमी एउटा पात्र हौ

तिमी जस्ता कैयौं छन्

म पनि छु

ऊ पनि छ

हामी सबै छौं

किनकि

यो दलाल पुँजीवादको विश्व हो

यहाँ

निम्न वर्गका सपनाहरु

पिल्सिन्छन्

मध्यम वर्गका चाहनाहरु

मारिन्छन्

तिमी र हामीहरुलाई

डिप्रेसनका औषधि खुवाएर

मुस्कुराइरहन्छ

एउटा वर्ग

दाइ

तिमी जलेका होइनौ

जलाइएको हो

तिमी मरेका होइनौ

मारिएको हो

सिंहदरबार र संसद भवनका

गेटहरुलाई चिता बनाएर

मलामी बनिरहेका

शासकका विरुद्ध

यो तिम्रो विद्रोह हो

दाइ

तिमी जस्तै

हामी पनि लाचार छौं

हामी पनि मजबुर छौं

तर यति हो

हामी मर्न सकेका छैनौं

तर

मरिरहेका छौं ।।

इलाम

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?