+
+
कविता :

तस्वीर आफैं बोल्छ

सिजन दाहाल सिजन दाहाल
२०७९ माघ ११ गते १३:२९

१)

एउटा ठूलो मनआन्दोलनलाई

निकै सकस पर्दछ

आफैंभित्रको राजा फाल्न

२)

तस्वीर आफैं बोल्छ

तर

तपाईंभित्र जति छ

त्यति मात्र

तस्वीर आफूले भन्न खोजेको चैं के हो ?

त्यो चैं अहिलेसम्म

कसैले सुनेको छैन ।

३)

लोभ

रिस

घमण्ड

ईर्ष्या

अहमताहरुको

फोहोर फाल्दै हुनुहुन्छ दिमागमा ?

होस गर्नुहोस् है,

कृपया, तपाईं आफ्नै मनको सीसीटीभीको निगरानीमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?