
११ माघ, वीरगञ्ज । वीरगञ्ज युवा च्याम्प्स क्लबले आयोजना गरेको चौथो इन्टर कलेज प्लस २ नकआउट क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल बिजनेस कलेजले जितेको छ ।
रोचक प्रतिस्पर्धाकाबीच नेशनल ईन्फोटेक कलेजलाई ५ विकेटले पराजित गर्दै ग्लोबल बिजनेस कलेजले उपाधि जितेको हो ।
नारायणी क्रिकेट रंगशालामा भएको इन्टर कलेज प्लस २ नकआउट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा टस जितेर नेशनल ईन्फोटेक कलेजले ब्याटिङ रोजेको थियो ।
उसले १६.४ ओभरमा सबै बिकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । नेशनल ईन्फोटेकका लागि वासिम अली मन्सुरी र राहुल हक अन्सारीले उत्कृष्ट प्रदर्शन गरे । वासिमले २३ बलमा २ चौका प्रहार गर्दै २४ रन बनाए भने राहुलले २५ बलको सामना गर्दै २ चौकाको मद्दतमा २१ रन बनाए ।
बलिङतर्फ ग्लोबल बिजनेस कलेजका रिजवान आलमले ३ विकेट विकेट लिँदा बिराज कुमार आले २ विकेट लिए ।
१०४ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको ग्लोबल बिजनेस कलेजले १७ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भएको थियो । ग्लोबल बिजनेस कलेजका लागि मन्थन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ चौका र दुई छाक्का सहित ३९ रन बनाए ।
रोहनकुमार साहले १ छक्का प्रहार गर्दै १२ बलमा १५ रन जोडे ।
नेशनल ईन्फोटेकका लागि रनजित कुमारले ४ ओभरमा १ मेडन ओभर बनाउँदै ८ रन खर्चिएर १ विकेट लिए । सोनु कुशवाहले २ विकेट लिए ।
उत्कृष्ट खेल खेलेर ग्लोबल बिजनेस कलेजका लागि उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका मन्थन यादव प्लेयर अफ द म्याच घोषित भएको आयोजक वीरगञ्ज युवा च्याम्प्स क्लबका रामजी राजा अन्सारीले जानकारी दिए ।
बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4