+
+

सुदूरपश्चिमका मुख्यमन्त्रीसँग विश्वासको मतबारे भीम रावलको जिज्ञासा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १४:३८

१२ माघ, धनगढी । नेकपा एमालेका नेता डा.भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलसँग विश्वासको मतबारे जिज्ञासा राखेका छन् ।

बिहीबार काठमाडौंबाट धनगढी आइपुगेका मुख्यमन्त्री रावल र काठमाडौं जान लागेका नेता रावलबीच धनगढी विमानस्थलको विशिष्ट कक्षमा भेटघाट भएको छ ।

सोही क्रममा रावलले मुख्यमन्त्रीसँग विश्वासको मत कहिले लिँदैहुनुहुन्छ ? भनेर जिज्ञाशा राखेका थिए ।

जवाफमा मुख्यमन्त्री रावलले गठबन्धनमा आवद्ध दलहरुसँगको छलफलपछि विश्वास मत लिने बताएका छन् । अछाम पुगेर श्रीएयरलाइन्सको जहाज मार्फत काठमाडौँ फर्किरहेका रावलले मुख्यमन्त्रीसँग आफ्नो जिल्लाका समस्याका बारेमा समेत कुराकानी गरेका छन् ।

खासगरी बाढी पहिरो प्रभावितहरुका लागि राहतको विषयमा केन्द्रीत भएर प्रदेश सरकारबाट गर्न सकिने कामका लागि अनुरोध गरेका थिए ।

‘गत वर्षको बाढी पहिरोका कारण जिल्लामा ठूलो क्षति भएको छ । त्यो क्षतिबारे जानकारी गराउँदै अघिल्लो सरकारसँग राहतका लागि अनुरोध गरिएको थियो,’ रावलले भने, ‘तर अहिलेसम्म समस्या सामाधान गर्न खासै पहल भएको छैन । तपाईं आउनुभएको छ । यो कुरालाई प्राथमिकता दिनुहोला ।’

जवाफमा मुख्यमन्त्री रावलले बुझेर आवश्यक पहलकदमी लिने वचन दिएका छन् ।

नेकपा एमालेबाट २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत लिन बाँकी छ । उनी नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर विश्वासको मत लिने पक्षमा छन् ।

सोही योजनाअनुसार नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित रावलले काठमाडौंमा रहँदा गठबन्धनका शिर्ष नेताहरुबीच भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?