+
+

कुन प्रजातिका कुकुर किन पालिन्छ ?

प्रवीण बज्राचार्य प्रवीण बज्राचार्य
२०७९ माघ १२ गते १८:२९

घरपालुवा कुकुर पाल्ने भनेपछि मान्छेले जुनसुकै जातको कुकुर अन्धाधुन्ध ल्याउने गर्छन् । तर आफ्नो आवश्यकता के हो त्यही अनुसार कुकुरको जात छनोट गर्न सकिन्छ । किनभने कुकुरको प्रजाति अनुसार उनीहरूको खास खुबी हुन्छ ।

कुनै कुकुर घरको माहोल रमाइलो बनाउन पालिन्छ भने कुनै कुकुर घरको सुरक्षाका लागि । कुनै प्रजातिका कुकुर सिकारका लागि उपयुक्त हुन्छ भने कुनै गाईवस्तु हेर्नका लागि हुन्छ ।

कुकुरलाई उचित तालिम दिइयो भने हामीलाई निकै कुरामा सहयोग पनि गर्छ । सामान्य सरसामान ओसार्नेदेखि गाईवस्तु हेर्नेसम्मका काम कुकुरले गर्छ । कतिपय ठाउँमा अशक्त वा दृष्टिविहीनलाई बाटो देखाइदिने, औषधि बोकिदिने काममा पनि कुकुरलाई खटाइन्छ । अपराध पत्ता लगाउन, प्राकृतिक विपद्मा मान्छेको उद्धार गर्न, सामान बोक्न र खेल कौशल देखाउन भिन्नाभिन्नै जातको कुकुर प्रयोग गरिन्छ । धेरैजसो चाहिं मान्छेले एक्लोपनबाट बच्न वा पारिवारिक माहोल रमाइलो बनाउन पनि कुकुर पाल्छन् ।

कुन प्रजातिका कुकुर के प्रयोजनका लागि उपयुक्त हुन्छ ? कुकुर पाल्नुअघि यसबारे जानकारी हुनैपर्छ ।

नेपालमा पालिने मुख्य प्रजातिका कुकुरहरु

सामान्यतया नेपालमा पालिने मुख्य प्रजातिको कुकुरहरूमा जापानिज स्पिज, गोल्डेन रेटिभर, पग, जर्मन सेफर्ड, हस्की, ल्याब्रोडर, डाल्मेशियन हुन् । त्यसैगरी डोबरम्यान, ल्याब्रोडर रेटिभर, बक्सर, लासा एप्सो, ककर स्पायनिल, सेनबर्डनाक, अमेरिकन बुल्ली, पमरियन, बक्सर, भोटे कुकुर, फ्रेन्च बुलडग पनि पाल्ने गरिएको छ ।

पारिवारिक रमाइलोका लागि कुकुर

पारिवारिक माहोल रमाइलो बनाउन मुख्यतया ल्याब्रोडर रेट्रिभर, कपर स्पाइनल, गोल्डेन रेट्रिभर, पग, जर्मन सेफर्डजस्ता कुकुर उचित हुन्छ । यिनीहरूको आकार १२-१३ इन्चदेखि बढीमा २५ इन्चसम्मको हुन्छ ।

यस्ता पारिवारिक कुकुरलाई एक वर्षसम्म विशेष हेरचाह गर्नुपर्छ । खानामा पनि विशेष ध्यान दिनुपर्छ । प्रोटिन, क्याल्सियम, मिनरल्स प्रशस्त मात्रामा भएको सन्तुलित खाना दिनुपर्छ ।

एक वर्ष पूरा नभएका कुकुरहरूलाई दिनमा ४ देखि ६ पटकसम्म खाना दिनुपर्छ । तर एक वर्षपछि भने दिनमा दुई पटक मात्र दिए पुग्छ, ब्यालेन्स मिलाएर दिने हो भने दिनमा एक पटक मात्र दिए पनि हुन्छ । घरमै बनेको खाना दिन सकिन्छ । यदि खाना बनाउने समय छैन भने बजारमा विभिन्न प्रकारका डग फुड उपलब्ध छ त्यसलाई दिन पनि सकिन्छ ।  खानासँगै सप्लिमेन्ट औषधिहरू पनि दिनुपर्छ ।

घरको सुरक्षाका लागि

घरको सुरक्षाकै लागि घरमा कुकुर पाल्ने हो भने सबैभन्दा उपयुक्त भोटे कुकुर पाल्नु राम्रो हुन्छ । साथै जर्मन सेफर्ड, बक्सर र डोपोम्यान पनि पाल्न सकिन्छ । जापानिज स्विचले पनि मज्जाले भुक्छ ।

यस्तो कुकुरको साइज २५ देखि २७ इन्चको हुन्छ । तौलको कुरा गर्ने हो भने २५ देखि ५० केजीसम्मको हुन्छ । एउटा मान्छेले दैनिक जति खाना खान्छ त्यति नै खाना यस्ता कुकुरलाई चाहिन्छ । यस्ता कुकुरलाई खानामा बढी प्रोटिन दिनुपर्छ ।

सिकारका लागि

मान्छेले गरेको सिकारलाई पक्रेर ल्याउने कुकुर हुन्छ एउटा र अर्को आफैं सिकार गरेर ल्याउने कुकुर हुन्छ । सिकारको लागि ल्याबडर, गोल्डेन रेट्रिभर, कपर स्पाइनल, जर्मन सेफर्डजस्ता कुकुर पाल्नुपर्छ । सानो सानो सिकारको लागि भने हाउन्ड डग पालन सकिन्छ ।

कुकुरको एनर्जी लेबल हेरेर खाना दिन सकिन्छ । उसले कति काम गर्छ त्यो अनुसार खाना दिनपर्‍यो । प्रोटिन बढी भएको खानाजस्तै काँचो मासु दिन सुकिन्छ । ब्यालेन्स मिलाएर एक पटक मात्र खाना दिए पनि पुग्छ ।

गाईवस्तु हेर्न कुन जातको कुकुर ?

हाम्रो लेकाली क्षेत्रमा कुकुरले गाईवस्तुको रेखदेख गर्छन् । त्यहाँ भोटे कुकुरले गाईवस्तु हेर्ने गर्छ । विदेशतिर जर्मन सेफर्ड, बेल्जियम सेफर्डजस्ता कुकुर पालिन्छ ।

यस्ता कुकुरको ऊर्जा शक्ति अलि बढी हुन्छ । त्यसैले यस्तो जातको कुकुरलाई पनि प्रोटिन बढी भएको खानेकुरा बढी दिनुपर्छ । घरमा रमाइलोको लागि पालिएको कुकुरलाई भन्दा  बढी खाना दिनुपर्छ ।

(के नाइन डग ट्रेनिङ सेन्टरका सञ्चालक बज्राचार्यसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?