+
+

जनकपुरबाट लागुऔषध सहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १०:११

१३ माघ, जनकपुरधाम । जनकपुरधामबाट लागुऔषध सहित चार जना पक्राउ परेका छन् । प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषध सहित उनीहरु बिहीबार दिउँसो जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा नियन्त्रणमा प्रदेश २-०२-००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् ।

यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुर उप-महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरु समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?