+
+

नारायणहिटी पसेको बतास समूहको बी म्यानेजमेन्ट कालोसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १२:४५

१५ माघ, काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा सम्झौता र मापदण्डविपरीत निर्माणको काम गरेको बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई सरकारले कारवाही गरेको छ । नारायणटिही दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले उक्त कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टको नाममा ठेक्का लगाए पनि पछि बतास समूहले यसको नाम बी म्यानेजमेन्ट राखेको थियो । गत वर्ष सोही कम्पनीमार्फत नारायणहिटीभित्र क्याफ्टेरियाको नामा लाइभ म्युजिकसहित क्लब र बार चलाउने योजनाअनुसार भौतिक संरचनाहरु बनेको थियो । जसको नक्सा पास समेत गरिएको थिएन ।

तर, विरोध भएपछि सरकारले बतास समूहसँगको सम्झौता र त्यहाँ भएका कामकहारबाहीबारे अध्ययन गर्न समिति नै बनाएको थियो । २६ पुस, २०७८मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ततकालीन सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानविन समितिले बुझाएको अध्ययन प्रतिवेदनमा मिलेमतामा ठेक्का सम्झौता भएको हुनसक्ने देखिएको भन्दै आवश्यक कारवाहीका लागि सिफारिस गरेको थियो ।

बतास समूहले बी म्यानेजमेन्टमार्फत मिलेमतोमा ठेक्का लिएर दरबारभित्र अवैध संरचना निर्माण गरेको थियो ।

६.३४ आना जग्गा र त्यसमा बनेको घरमा क्याफ्टेरिया सञ्चालनका लागि समिसतले टेण्डर आह्वान गरेको थियो । तर, बतास परिवारकै सेयर भएको तीन वटा कम्पनीबीच प्रतिस्पर्धा गराएर १४ रोपनी ठेक्का लगाइएको थियो ।

बतास समूहले पूर्वस्वीकृति र समन्वय नगरी नयाँ संरचना निर्माण गरेको थियो । चौतर्फी विरोध भएपछि सरकारले खरिद सम्झौता रद्ध गरेको थियो ।

तर, बी म्यानेजमेन्ट आफूलाई क्षतिपूर्ति दिनुपर्ने दाबीसहित अदालत गएको थियो । तर, गैरकानुनी ढंगले सम्झौताभन्दा बढी क्षेत्रफल ओगटेर विनासहमति दरबार क्षेत्र अतिक्रमण गरेको भन्दै बतासको बी म्यानेजमेन्टलाई कालोसूचीमा राखिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?