
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उनले सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुमाएका थिए ।
रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4