
१६ माघ, काठमाडौं । साविक विजेता लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।
आइतबार राति भएको खेलमा अन्तिम समयमा गोल बेहोरेपछि ब्राइटनसँग २-१ ले पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।
ब्राइटनले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गरेको हो ।
इन्जुरी टाइको दोस्रो मिनेटमा जापानी खेलाडी काओरु मिटोमाले निर्णायक गोल गर्दै ब्राइटनलाई जित दिलाएका थिए । जितपछि ब्राइटन पाँचौ चरणमा प्रवेश गरेको छ ।
खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए तर त्यसलाई कायम राख्न सकेन ।
ब्राइटनका लागि ३९ औं मिनेटमा लेविस डुन्कले बराबरी गोल फर्काएका थिए ।
बराबरीतर्फ अग्रसर खेलेको इन्जुरी टाइममा मिटोमाले गोल गर्दै ब्राइटन जित निकाल्दै पाँचौ चरणमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4