+
+

ग्वार्को र गौशालामा भएका दुर्घटनामा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १२:५४

१६ माघ, काठमाडौं । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ग्वार्कोबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशामा रहेको बा४च १ नम्बरको कार आइतबार राति साढे १२ बजे ठोक्किएका थिए ।

दुर्घटनामा ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

अन्य घाइतेहरूको बी एण्ड बी अस्पतालमै उपचार भइरहेको छ । घाइते भएका मध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था गम्भीर रहेको छ ।

गौशालामा बसको ठक्करबाट युवतीको मृत्यु

यसैगरी काठमाडौंको गौशालामा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार एक युवतीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगर रहेकी छिन् ।

चाबहिलबाट गौशालातर्फ गइरहेको प्रदेश ३-०१-००६ ख ११०९ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा९२प ६४२३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।

रोशनीको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा आइतबार राति पौने १२ बजे मृत्यु भएको हो ।

दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?