+
+

पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १३:३४

१६ माघ, पोखरा । पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी ३५ वर्षकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा महानगर–१३, काहुँखोलामा आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।  सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए । सोही घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

क्षेत्री सापकोटाको घरमा डेरामा बस्दै आएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानमा क्षेत्रीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा घरबेटी सापकोटाले बचाउन खोज्दा घाइते भएको देखिएको बताएको छ ।

‘हाम्रो प्रारम्भिक अनुसन्धानले अहिलेसम्म त्यही देखाएको छ । बचाउन जाँदा नै जलेको भन्ने देखिएको छ,’ प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?