+
+

पत्रकारलाई सभामुखले सुनाए हात्ती र झोलाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १९:४३

१६ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले निर्वाचित भएपछि सोमबार संसदीय मामिलामा रिपोटिङ गर्ने पत्रकारहरुसँग पहिलो औपचारिक भेट गरे । भेटका क्रममा पत्रकारहरुले सूचनामा पहुँचको विषय उठाए ।

जवाफमा सभामुख घिमिरेले पत्रकारलाई रिपोर्टिङमा रोक्नुपर्ने कारण नरहेको र नरोकिने प्रतिवद्धता जनाए ।

‘पत्रकार जनताको बीचमा सही कुरा संप्रेषण गर्न लाग्ने । सही कुरा रोक्नको लागि चाहीँ संसद, संसद सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरु छैन । आउँदैन । आउनु हुँदैन’, उनले भने ।

तर, कतिपय अवस्थामा सूचना गोप्य राख्नुपर्ने उनको भनाइ छ । ‘जहाँसम्म गोप्य राख्दाखेरि त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रसारण गर्दाखेरि फाइदाको बिरुद्धमा बेफाइदा हुँदैन र ?’ सभामुख घिमिरेको प्रश्न छ ।

यसैमा सभामुख घिमिरे थप्छन्, ‘मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।’

यस अगाडि सभामुख घिमिरेले सूचना लिने र दिने सम्बन्धमा पत्रकारहरुलाई हात्ती र झोलाकोे कथा पनि सुनाएका थिए ।

सभामुखले सुनाएको कथा

‘लास्टली एउटा कुरा भन्न मन लाग्यो । हामी गाउँघरतिर एउटा उखान सुनिन्छ । बच्चाबच्चीले बाबुआमालाई धेरै हिसाबले लडाईं गर्ने, झगडा गर्ने र मागहरु राख्ने । बाबुआमाले आफ्नो क्षमताले भ्याएसम्म बच्चाहरुलाई माग पूरा गरिदिने सन्दर्भमा बच्चालाई एउटा झोला मन पर्यो । झोलाको खास प्रयोग छैन् तर, बच्चाले रहर गरिहाल्यो किनिदिउँ भनेर किनिदियो । बच्चाले झोला खेलायो र खुसी भयो । एकछिन पछाडि घुम्दै जाँदा एउटा हात्ती देख्यो । हात्तीको प्रयोग थिएन, केही थिएन । तर, बच्चाले झगडा ग¥यो भनेर हात्ती किनिदियो । एकछिन हात्ती चढ्यो रमायो । एकछिन पछाडि यो हात्तीलाई झोलामा हालीदेउ भन्यो । अब त्यो त सम्भव भएन ।

यस्ता घटनाहरु हामी पत्रकार जनताको बीचमा सही कुरा सम्प्रेष्ण गर्न लाग्ने । सही कुरा रोक्नको लागि संसद, संसद सचिवालय, सभामुख आदि लाग्नुपर्ने स्थिति पक्कै पनि आउनुपर्ने कारणहरु छैन । आउँदैन । आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरि त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रसारण गर्दाखेरि फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र ? मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो । गोप्य नराख्ने कुराहरु मैले नबताउने र यही चाहीँ बताउनुपर्छ भनेर मिडियाले प्रयत्न गर्ने । मैले भन्न खोजेको बच्चाको र बाबुआमाको जस्तो हुँदैन होला नि त ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?