+
+

महिन्द्राको ‘एक्सयूभी ७००’ नेपालमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते २०:०२

काठमाडौं । भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले फ्ल्यागसीप ग्लोबल एसयूभी–एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’का रूपमा उच्चारण गरिने) गाडी नेपालमा सार्वजनिक गरेको छ ।

एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएको र ग्राहकलाई यसले सन्तुष्टि दिने विश्वास कम्पनीले गरेको छ । कम्पनीका अनुसार ‘एक्सयूभी ७००’ नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ । जुन नयाँ पहिचान–ट्विन पिक्स लोगोको साथ आएको छ । कम्पनीका अनुसार भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो । जसका कारण नेपालमा एक्सयूभी ७०० लञ्च गरिएको हो ।

नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले बताएको छ । एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार भएको कम्पनीले बताएको छ । जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ । एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक – उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी बनेको कम्पनीले बताएको छ ।

महिन्द्रा एक्सयूभी ७०० को परिचयात्मक मूल्य ७४ लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । यो परिचयात्मक मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने छ ।

एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको कम्पनीले जनाएको छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेका छन् । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ ।

वयस्क सुरक्षाका लागि जीएनसीएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङ पनि पाएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार एसयूभी सुरक्षा विकल्पको रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिंग (एईबी) प्रदान गर्ने पहिलो मेड–इन–इन्डिया र स्वामित्व ब्रान्ड बनेको छ । यसको साइ–फाई टेक्नोलोजी, उत्साहजनक प्रदर्शन विश्वस्तरीय सुरक्षाको साथ एक्सयूभी ७०० यसअघि कहिल्यै नभएको एड्रेनालाइन डायल गर्न इन्जिनियर गरिएको छ ।

कम्पनीका अनुसार एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइने छ । जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ । ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिनेछ । नयाँ शोरुमग्राहक अनुभवलाई उन्नत बनाउन र महिन्द्राको लागि नयाँ ग्राहक आधार ल्याउन डिजाइन गरिएको कम्पनीले बताएको छ ।

भेरियन्ट र प्रमुख विशेषताहरू:

एएक्सथ्री एएक्स फाइभ एएक्स सेभेन (लक्जरी प्याक) 
-डुअल एचडी २६.०३ सेमी (१०.२५ इञ्च) इन्फोटेनमेन्ट र २६.०३ सेमी ((१०।२५ इञ्च) डिजिटल क्लस्टर

-६ स्पिकरहरू र साउन्ड स्टेजिङ

-एलईडी डीआरएल र फ्रन्ट फग ल्याम्प

-विद्युतीय रूपमा समायोज्य ओआरवीएस

-थर्ड रो एसीसेकेन्ड रो ६०ः४० वन टच टम्बल

-आर १७ स्टील व्हील्स कभरसहित

एएक्सथ्री भेरियन्टभन्दा माथिको संस्करण

-स्काइरूफआर १७  डायमन्ड कट अलोय व्हील्स

-पर्दायुक्त एयरब्याग

-विद्युतीय स्थिरताको प्रबन्ध ( इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम)

-एलईडी क्लियर–भ्यू हेडल्याम्पहरू

-कर्नरिङ ल्याम्पहरू

एएक्स फाइभ भेरियन्टभन्दा माथिको संस्करण

-चालकका लागि उन्नत सहयोगी प्रणाली  (एडीएएस)

-चालक झक्झकाउन/उँघ्न लागे चेतावनी (ड्राइभर स्लीप एलर्ट)

-स्मार्ट क्लिन जोन

-दोहोरो क्षेत्र जलवायु नियन्त्रण (डुअल जोन क्लाइमेट कन्ट्रोल)

-आर १८ डायमन्ड कट एलोय

-लेदर सिट

-१२ स्पिकरसहितको थ्रीडी अडियो

-इलेक्ट्रिक स्मार्ट डोर ह्याल्न्डल

-३६० डिग्री वरपरको दृष्य

-मेमोरीसहितको ६–वे पावर सिट

-साइड एयरब्याग

कति पर्छ शोरुम मूल्य ?

 एएक्सथ्री सिरिज

एएक्सथ्री पेट्रोल एमटी रु. ७४ लाख

एएक्सफाइभ सिरिज

एएक्सफाइभ पेट्रोल एमटी ५ सिट क्षमता रु. ८१ लाख
एएक्सफाइभ पेट्रोल एटी ५ सिट क्षमता रु. ८९ लाख
एएक्सफाइभ पेट्रोल एटी ७ सिट क्षमता रु. ८३ लाख

एएक्स सेभेन सिरिज

एएक्स सेभेन एल पेट्रोल एमटी                 रु. १०५ लाख
एएक्स सेभेन एल पेट्रोल एमटी                 रु. ११० लाख

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?