+
+

बोनस बाँड्ने अनौठो तरिका : बनाइयो नोटको पहाड, कर्मचारीलाई बाँडियो १ अर्ब रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १०:५४

काठमाडौं । एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई बोनस दिनका लागि अनौठो तरिका अपनाएको छ ।

कार्यालयमा पार्टीको क्रममा कम्पनीका व्यवस्थापकहरुले स्टेजमा नोटको ठूलो थुप्रो नै बनाए । नोटको त्यो पहाडबाट पटक पटक रकमका बिटा निकालेर कर्मचारीहरुलाई वितरण गरे । यो मन नै लोभ्याउने घटनाको भिडियो सार्वजनिक भएको छ, जुन चिनियाँ सोसल मिडियाहरुमा भाइरल बनिरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटना चीनको हेनान प्रान्तको हो । त्यहाँस्थित क्रेन निर्माता कम्पनी हेनान माइनले आफ्ना कर्मचारीलाई ६ करोड १० लाख युआन अर्थात्१ अर्ब १५ करोड रुपैयाँ बोनस बाँडेको छ ।

कर्मचारीलाई बोनस वितरणका लागि लागि कार्यालय परिसरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । त्यसक्रममा मञ्चमा २ मिटर अग्लो नोटको पहाड नै खडा गरिएको थियो । उक्त थुप्रोबाट रकम निकालेर पालैपालो कर्मचारीहरुलाई बोनस बाँडियो ।

कम्पनीले गत जनवरी १७ मा सोसल मिडियामा उक्त भिडियो पोस्ट गरेको थियो । कम्पनीमा कार्यरत सबै ४० जना कर्मचारीहरुलाई बोनस बाँडिएको भए पनि सर्वोत्कृष्ट ३ जना कर्मचारीलाई ५० लाख युआन अर्थात २९ करोड रुपैयाँ पुरस्कार दिइयो । अन्य कर्मचारीलाई जनही १० लाख युआन बोनस प्रदान गरियो ।

यतिमात्र होइन उक्त कार्यक्रममा पैसा गन्ने प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगितामा कर्मचारीहरुका परिवारका सदस्यले भाग लिएका थिए । त्यहाँ निश्चित समयमा सबैभन्दा धेरै नोट गन्न सक्ने व्यक्तिलाई पुरस्कार दिइएको थियो । पैसा गन्ने प्रतियोगिताका लागि कम्पनीले थप १ करोड २० लाख युआन खर्च गर्‍यो । सबैभन्दा छिटो नोट गन्नेलाई १ लाख ५७ हजार युआन पुरस्कार दिइएको थियो ।

कर्मचारीलाई करोडौं बोनस बाँड्ने उक्त कम्पनीले गतवर्ष २३ प्रतिशत भन्दा धेरै मुनाफा कमाएको थियो । सन् २००२ मा स्थापित यो कम्पनीले ५ हजार भन्दा धेरैलाई रोजगारी दिएको छ । कम्पनीका कर्मचारीहरुको तलब हरेक वर्ष ३० प्रतिशतले बढाउने गरिएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?