+
+

मनकामना स्मार्ट लघुवित्तले ५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १२:१४

१७ माघ, काठमडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १६ माघ सोमबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?