+
+

नम्रताको योगाभ्यास, भन्छिन्- तनाव छल्न स्ट्रेचिङ कसरत रोजौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १२:३४

काठमाडौं । नम्रता सापकोटा ‘हेल्थ कन्सस’ अभिनेत्री पनि हुन् । पछिल्लो समयको उनको दिनचर्यामा व्यायाम पनि जोडिएको छ । व्यस्त तालिकामाझ उनी फुर्सद निकालेर योग गरिरहेकी हुन्छिन् । उनको यो फिटनेस मन्त्र फ्यान र प्रशंसकलाई पनि प्रेरणा बन्न सक्छ ।

घरकै बगैंचा, छत र कोठाभित्र उनको योगाभ्यास देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमार्फत योग र व्यायामका तस्वीर सार्वजनिक गरेकी छन् । इन्डोर कसरत र योग कसरी गर्न सकिन्छ भनेर नम्रताको यो सूत्र अरुलाई पनि सिकाइयोग्य हुन सक्छ । ‘तनावलाई छल्न स्ट्रेचिङ रोजौं,’ स्टाटस लेख्दै उनले फोटो सेयर गरेकी छन् ।

मांसपेशीलाई लचिलो तुल्याउन संसारमा निकै चलेको कसरतमध्येको ‘स्ट्रेचिङ’ नम्रताले गर्दै आएकी छन् । मांसपेशीको लम्बाइ कायमै राख्न र शरीरलाई सक्रिय भूमिका प्रदान गर्न धेरै सेलिब्रिटीको रोजाइमा यो कसरत पर्ने गर्छ । यो कसरतले मांसपेशीलाई गतिशील र लचिलो बनाउने विज्ञहरु बताउँछन् ।

योग र कसरतलाई जोड्ने नम्रताको यो फिटनेस रुटिन अरुलाई पनि सिकाइको स्रोत हुन सक्छ ।

कामको कुरा गर्दा सन् २०१३ मा अन्तराल फिल्मबाट अभिनय करिअर थालेकी नम्रताले बिरानो माया, ब्रासलेट, छक्कापञ्जा, तिमीबिना, चि मुसी चि, समर लभ, न यता न उता, डेसान लगायतमा अभिनय गरेकी छन् । यसबाहेक उनी म्युजिक भिडियोमा पनि सक्रिय छिन् ।

तस्वीरहरु : नम्रताको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?