+
+

जनकपुरमा ६ थुनुवा फरारको छानबिन गर्न प्रहरीले बनायो २ समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १७:१९
फाइल तस्वीर

१७ माघ, जनकपुरधाम । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएको घटनाको छानबिन गर्न प्रहरीले दुईवटा समिति बनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाले छुट्टाछुट्टै दुई समिति गठन गरेका हुन् ।

प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा ६ सदस्य छानबिन समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानविन समिति गठन गरेका छन् ।

दुबै समितिले उक्त घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

आइतबार राति प्रहरीको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । सो प्रकरणमा हिरासतको विशेष जिम्मेवारीमा रहेका इलाका प्रहरी कार्यालयका असई अशोककुमार मण्डल, वरिष्ठ प्रहरी हबल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर निलम्बनमा परेका छन् ।

इन्सपेक्टर बेचन यादवसहित त्यहाँ कार्यरत्त सबै प्रहरीलाई जिल्ला तानिएको छ ।

फरारमध्ये एकजना पक्राउ परेका छन् भने अन्य पाँचजना अझै फेला परेका छैनन् । अन्यको खोजी पनि तव्री खोजी कार्य प्रहरीले जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?