+
+

काठमाडौं महानगरका सबै वडामा निःशुल्क कानुनी सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १८:२६

१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा निःशुल्क कानुनी सेवा उपलब्ध हुने भएको छ ।

महानगरकाअनुसार सबै वडा कार्यालयहरुमा कानुनी तथा सामान्य लिखत तयार गर्न, मौखिक रुपमा कानुनी परामर्श सेवा दिन लागेको हो । जसका लागि काठमाडौं महानगर र नेपाल ल क्याम्पस बीच समझदारी भएको छ । ३२ वटै वडामा हेल्प डेस्क सञ्चालन गरेर महानगरले सेवा दिन लागेको हो ।

नेपाल ल क्याम्पससँग महानगरले क्याम्पसमा अध्ययनरत एलएलएम, एलएलबी र बीए एलएलबी तहमा अध्ययनरत विद्यार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालय र केन्द्रीय कार्यालयमा बसेर सेवा दिने गरी समझदारी भएको मेयरको सचिवालयले जनाएको छ ।

समझदारी अनुसार कार्यालयसमय अवधिभरी सेवा दिने विद्यार्थीलाई मासिक १५ हजार रुपैयाँ सुविधा महानगरले उपलब्ध गराउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?