+
+

भारतमा बजेटमार्फत आयकरको सीमामा हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १३:२०

१८ माघ, काठमाडौं । भारत सरकारले आय करको सीमामा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०२३/२४को बजेट ल्याउँदै भारतकी वित्तमन्त्री निर्मला सीतारमणले ५ लाखसम्म रहेको आय कर नलाग्ने सीमालाई ३ लाख भारु पुर्‍याएको घोषणा गरेकी छिन् ।

सन् २०२० मा व्यक्तिगत कर व्यवस्थामा ६ वटा दर दिइएको थियो, अब यसलाई घटाएर भारतले पाँच तहमा पुर्‍याउने भएको छ ।

अब ३ लाखसम्म कर कुनै पनि कर कर लाग्ने छैन भने ३ देखि ६ लाखसम्म ५ प्रतिशत, ६ देखि ९ लाखसम्म १० प्रतिशत, ९ देखि १२ लाखसम्म १५ प्रतिशत, १२ देखि १५ लाखसम्म २० प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।

मन्त्री सीतारमणका अनुसार अब सरल खालको नयाँ राजस्व फराम जारी गरिने छ ।

बजेटले ३१ मार्च, २०२४ सम्ममा सहकारी क्षेत्रमा काम सुरु गर्ने नयाँ कम्पनीलाई १५ प्रतिशत छुट दिने र  नयाँ कर प्रणालीमा यो स्तर बढाएर सात लाख पुर्याउने घोषणा पनि गरेको छ ।

बजेटले हरित ऊर्जाको प्रवर्द्धन गर्नेसहित लिथियम आयन ब्याट्री बनाउन आवश्यक पर्ने वस्तुको पैठारीमा भन्सार महसुलमा दिइएको छुट यथावत राख्ने नीति घोषणा गरेको छ ।

क्यामेरा लेन्स जस्ता मोबाइल फोन उत्पादनमा प्रयोग हुने अत्यावश्यक वस्तुको आयातमा भन्सार महसुल छुट जारी रहने व्यवस्था गरिएको छ ।

डिनेचर्ड इथाइल अल्कोहलमा भन्सार महसुल हटाउने र कच्चा ग्लिसरीनमा भन्सार महसुल ७.५ बाट घटाएर २.५ गर्ने प्रस्ताव पनि गरिएको छ ।

सुन र प्लेटिनमको भन्सार महसुल बराबर हुने गरी चाँदीको भन्सार महसुल बढाउने घोषणा पनि भारत सरकारको घोषणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?