+
+

बेलायती अभिनेता रेगे-जीन पेज संसारकै सुन्दर पुरुष घोषित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १३:२९

काठमाडौं । बेलायती अभिनेता रेगे-जीन पेज संसारका सबैभन्दा सुन्दर मानिस घोषित भएका छन् । ‘ब्रिजर्टन’ सिजन-१ मा सिमोन बासेटको भूमिकामा खेल्दा मात्र नभएर एक नयाँ अध्ययनले उनलाई संसारकै सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको प्रमाणित गरेको छ ।

हालै ३४ वर्षीय यी अभिनेताको अनुहारको विश्लेषण गरिएको थियो । जसको नतिजामा उनी सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको निष्कर्ष निस्कियो । यो अनुसन्धान ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फिको प्रयोग गरेर गरिएको थियो, जुन पुरातन प्रणालीले शारीरिक पूर्णता मापन गर्छ । जसअनुसार रेगेको मामलामा यो ९३.६५ प्रतिशत सही थियो ।

रेगेपछि क्रिस हेम्सवर्थ ९३.५३ प्रतिशतका साथ दोस्रो र माइकल बी जोर्डन ९३.४६ प्रतिशतका साथ तेस्रो स्थानमा छन् । गायक ह्यारी स्टाइल ९२.३० प्रतिशतका साथ चौथो स्थानमा छन् । कम्प्युटराइज्ड म्यापिङ प्रविधि प्रयोग गर्ने हार्ले स्ट्रीट फेसियल कस्मेटिक सर्जन डा. जुलियन डे सिल्भाले सूची तयार पारेका थिए ।

नयाँ अध्ययन र यो कसरी भयो भन्नेबारे सिल्भालाई उध्दृत गर्दै बेलायती अखबार डेलीमेल लेख्छ, ‘यो नयाँ कम्प्युटर म्यापिङ प्रविधिले हामीलाई शारीरिक रूपमा सुन्दर बनाउँछ र बिरामीको शल्यक्रियाको योजना बनाउँदा प्रविधि कति उपयोगी छ भन्ने रहस्यलाई समाधान गर्न अनुमति दिन्छ ।’

रेगेले पहिलो स्थान पाएको प्रतिक्रिया दिंदै उनले भने, ‘रेगेले आफ्नो उत्कृष्ट अनुहार र सुन्दर खैरो आँखाका कारण जितेका थिए । उनले सजिलैसँग आफ्नो आँखाको दूरीको लागि उच्चतम स्कोर प्राप्त गरे । उनको आँखाको स्थितिले पनि उच्च स्कोर पाउन सक्यो ।’ उनको पूर्ण आकारको ओठले पनि उच्च स्कोर प्राप्त गर्‍यो । अलिकति कम अंक प्राप्त गरेको उनको नाकको चौडाइ र लम्बाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?