+
+

क्यानले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १३:५३
बोर्ड बैठकका निर्णय सार्वजनिक गर्दै क्यानका पदाधिकारी । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

१८ माघ, पोखरा । नेपाल क्रिकेट संघ क्यानले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटाएको छ ।

यसअघि पुरुष र महिला दुवैतर्फ १८ जना खेलाडीलाई करारमा राखेको भए पनि यसपालि भने करारमा ६ महिला खेलाडी कटौती गरिएको छ ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई ६ महिनाका लागि करारमा राख्ने निर्णय गरेको छ ।

क्यानको करारमा परेका महिला खेलाडीमा ग्रेड ए र बी मा समान ३ जना छन् भने ग्रेड सी मा ६ जना छन् । कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा ग्रेड एमा कायम छन् ।

यस्तै काजल श्रेष्ठ बी मा घटुवा हुँदा अस्मिना कर्माचार्य सी बाट बी मा बढुवा भएकी छन् । कविता कुँवर बी ग्रेड मै यथावत छिन् । ज्योती पाण्डे र अप्सरी बेगम ग्रेड सीमा घटुवा भएका छन् । कविता जोशी, विन्दु रावल, संगिता राई र ममत चौधरी ग्रेड सी मा यथावत छन् ।

यसअघि ग्रेड एमा रहेकी करुणा भण्डारी, ग्रेड बीमा रहेका सबनम राई, सरस्वती चौधरी र सरिता मगर तथा ग्रेड सीमा रहेका डली भट्ट र रोमा थापा ग्रेडिङबाट बाहिरिएका छन् ।

फिटनेश लगायतका आवश्यक मापदण्ड पूरा नगरेका कारणा यसपटक करारमा रहने महिला खेलाडीको संख्या घटेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

महिलातर्फ ए ग्रेडमा परेमा खेलाडीले मासिक २१ हजार रुपैयाँ, बीमा रहेकाले १८ हजार र सीमा रहेकाले १५ हजार रुपैयाँ पाउँछन् । पुरुषतर्फ भने ग्रेड एमा परेका खेलाडीले ६० हजार, ग्रेड बीमा रहेका खेलाडीले ५० हजार र ग्रेड सीमा रहेका खेलाडीले मासिक ४० हजार रुपैयाँ पाउने छन् ।

महिला खेलाडीको ग्रेडिङ

ग्रेड ए : रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा
ग्रेड बी : काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य
ग्रेड सी : कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?