+
+

रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसदलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १६:२५

१८ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा बैठकमा गराएका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ । लामिछाने गत चुनावमा चितवन – २ बाट निर्वाचित भएका थिए ।

सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् । सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा पनि छ ।

संवैधानिक र कानुनी व्यवस्था अनुसार सभामुख घिमिरेले लामिछानेको पद रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् । गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालिरहेको पनि सभामुख घिमिरेले सुनाए ।

चितवन – २ बाट निर्वाचित सांसदको पद गुमेसँगै निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने हुन्छ । ६ महिना भन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएका उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?