News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्मा सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
- उनले विपद्लाइ अवसर बनाएर आरोप प्रत्यारोप र राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए ।
- भदौ १० गतेको बाढीपछि रास्वपाले सर्वदलीय बैठक राखेर १० बुँदे संकल्प गरेको थियो ।
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्मा सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कहालीलाग्दो विपद् र विध्वंसपछि पनि हामीकहाँ एउटा रोग देखिन्छ । विपद्लाइ अवसर बनाएर एकआपसमा आरोप प्रतयारोपको खेल खेल्ने र कसलाइ कसरी तल खसाल्ने भनेर समाउने । राजनीतिको रोटी सेक्ने समय यो हुँदै होइन ।’
भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी गएको थियो । त्यसपछि सबै मिलेर अगाडि जानुपर्ने अवस्था आएको उनले बताए ।
भदौ १० गते विनाशकारी बाढी गयो । भोलिपल्टै रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक राखे । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेता उपस्थित उक्त बैठकले १० बुँदे संकल्प गरेको थियो ।
जसको बुँदा नम्बर १० मा दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन गर्ने विषय छ ।
‘विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ,’ जहाँ भनिएको छ, ‘यस संयन्त्रले संकटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
यो विषयमा उनी मौन रहे । तर विपक्षी दलहरूले विपद्मा सरकारसँग सँगै रहेको गरेको प्रतिबद्धताको प्रशंसा गरे ।
प्रतिक्रिया 4