News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा राज्यले केही गरेन भन्नेहरूलाई जवाफ दिँदै राज्य विपद्पछिको उद्धारमा खटिएको बताए ।
- उनले राज्य भग्नावशेष र सुरुङभित्र नागरिकको प्राण खोजिरहेको, विस्थापितको छाहरी बनिरहेको र सडक तथा पुल पुनःजोड्न प्रयास गरिरहेको बताए ।
- लामिछानेले राज्यले भविष्यका विपद्का लागि पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको पनि बताए ।
२४ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राज्यले केही गरेन भन्नेहरूका लागि जवाफ दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले राज्य कहाँ छ ? भन्नेहरूलाई जवाफ दिएका हुन् ।
‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित प्रष्ट्याउनु हो,’ उनले भने ।
साथै, उनले केही बुँदामा राज्य कहाँ छ ? भन्ने प्रष्ट पारे ।
उनले भनेका छन्–
राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावषेश र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनी पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न दिनरात खटिएको छ । राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ । राज्य यतिबेला भविष्यमा यस्तो विपद् कहिल्यै भोग्न नपरोस् भनेर बदिलयो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ । राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ ।
प्रतिक्रिया 4