+
+

‘पठान’लाई नेपालमा पहिलो साता ६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १७:२५

काठमाडौं । शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

गत बुधबार रिलिज भएको फिल्मलाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको थियो । पाँच दिनसम्मै लगातार करोडभन्दा बढीको कमाइ गरेको फिल्म हेर्न दर्शकको उपस्थिति लोभलाग्दो देखियो । सोमबार यताको विकडेजमा पनि फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ ।

नेपालमा शाहरुख खानको स्टारडमको लोभलाग्दो उपस्थिति दर्शकमाझ छ । हुन सक्छ, चार वर्षपछि रिलिज भएको यो फिल्मलाई लिएर आतुरता थियो । हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ रिलिज भएपछि सुनसान बनेका नेपाली हलमा पठानले दर्शकलाई तान्न सक्यो ।

‘अवतार २’को कमाइ चाहिं नेपालमा झण्डै साढे ९ करोड रुपैयाँ ग्रस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?