+
+

मौसममा सामान्य बदली, पानी पर्ने सम्भावना न्यून

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ६:४९

१९ माघ, काठमाडौं । देशका पहाडी भू-भागहरूमा आंशिक बदली भएको छ भने आज अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रहनेछ भने राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

मौसममा आंशिकदेखि सामान्य बदली भए पनि पानी पर्ने सम्भावना भने न्यून रहेको छ ।

शुक्रबार दिउँसो पनि देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रहनेछ भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो  प्रदेश नं. १ लगायत देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रहनेछ । राति प्रदेश नं. १ र  गण्डकी  प्रदेशलगायत देशका पहाडी भू-भागहरूमा   पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भाग सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?