+
+

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ८:२९

१९ माघ, काठमाडौं । श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज राजधानी कोलम्बो जाँदैछिन् ।

श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री पौड्यालले शुक्रबार (माघ २० गते) श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । माघ २१ गते उनले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनी माघ २५ गते काठमाडौं फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?