+
+

निफको जुरी कमिटीमा प्रियंका कार्की मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ११:५०

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियंका कार्की मनोनित भएकी छन् । फेस्टिभल आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा चुनिएको जानकारी गराएको हो ।

आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौंमा निफ आयोजना हुँदैछ । कुल पाँच जना जुरीमध्ये बाँकी तीन चाहिं विदेशी फिल्ममेकर हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए । प्रियंका फिचरतर्फको जुरी सदस्य र बलामी वृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।

अभिनेत्री कार्कीले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुन् ।

यस वर्ष ‘निफ’मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रमध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?