+
+

झापामा दुईवटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १०:४४

२० माघ, झापा । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक आज बिहान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले आज बिहान ६ बजेतिर पछाडिबाट ठक्कर दिंदा ८३११ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु भएका ट्रक चालक मदन चौधरी रहेको र सहचालकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?