+
+

गुगल असिस्टेन्टका यी फिचर, जसले बनाउने छ तपाईंको दैनिक जीवन सहज

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते ८:३९

काठमाडौं । Golgle Assistant  एन्ड्रोइड प्रयोगकर्ताका लागि निकै सजिलो आर्टिफिसियल इन्टेलिजेन्स हो ।

गुगलको यो सर्भिसको यदि राम्रोसँग प्रयोग गर्न जान्नेहो भने यसले प्रयोगकर्ताका विभिन्न दैनिक कार्यहरुलाई अत्यन्तै सहज तथा सरल बनाइदिन्छ ।

समाचार डिस्प्ले गर्नेदेखि शपिङ गर्नका लागि सम्झाइदिनेसम्मका कामका लागि गुगल एसिस्टेन्टले तपाईंलाई सहयोग गर्दछ ।

र, यसका लागि तपाईंले ठूलो दुःख गर्नै पर्दैन र मात्र Hey, Google  भने मात्रै पुग्छ ।

तपाईंले उक्त आवाज संकेतलाई पर्सनलाइज पनि गर्न सक्नुहुन्छ । त्यसैले यदि गुगल असिस्टेन्टले तपाईंका लागि के के गर्न सक्दछ भन्ने कुरा थाहा छैन भने तपाईंले धेरै कुरा गुमाइरहनु भएको हुन्छ ।

दैनिक जीवनमा निकै काम लाग्ने र तपाईं हाम्रो दैनिकीलाई सहज बनाइदिने न्ययनभि ब्ककष्कतबलत का केही फिचरहरु यी हुन् :

दैनिक समाचारहरु देखाउने

गुगल असिस्टेन्टको सहायताले तपाईं आफ्नो दुनियामा के भैरहेको छ भन्ने कुरामा सुसूचित हुन पाउनुहुन्छ । तपाईंले यसका लागि समाचार पढ्नु समेत पर्दैन । तपाईंले गुगल असिस्टेन्टले तपाईंलाई शुभ बिहानीको समयतालिकाकामा अभ्यस्त हुन सहयोग गर्नेछ ।

तपाईंले यो भर्चुअल असिस्टेन्टमा विश्वका समाचार के छन् भनेर सोधेपछि यसले स्वचालित रुपमा पछिल्ला विश्व समाचारको सारांश बताइदिन्छ । कुनै एप्लिकेसनको रुटिनमा सुरक्षित नहुँदा पनि यो फिचरले काम गर्दछ । तपाईंले गुगल असिस्टेन्ट एप खोलेर Listen to news  भन्नुहोस् वा सुरु हुने समय सेट गर्नुहोस् । यति गरेपछि पछिल्ला विश्व समाचार सहितको अडियो बज्न सुरु हुन्छ ।

बाटो पत्ता लगाउने

Google Assistant मा जिपिएस प्रविधि हुन्छ र यसले तपाईंलाई आफ्नो गन्तव्यसम्म पुग्ने सबैभन्दा उत्तम बाटो बताइदिन्छ । यसका लागि एपमा गएर भ्वाइस कमान्ड सक्रिय बनाएर सोधे पुग्दछ । गुगल असिस्टेन्टले तपाईंलाई गन्तव्यसम्मको ट्राफिक जाम वा अवरोध कम भएको बाटो बताइदिनेछ । यसका लागि तपाईंले गुगल असिस्टेन्ट सेटिंग्समा गएर गन्तव्यको ठेगाना सेट गर्नु पर्दछ ।

अलार्म सेट गर्ने

गुगल असिस्टेन्टमा रहेको अलार्म सेट गर्ने फिचरले पनि तपाईंको दैनिक कार्यतालिकालाई व्यवस्थित गर्न सहयोग गर्दछ । जस्तै तपाईंले Sleeptime भन्ने शव्द बोलेर आफ्नो सुुत्ने समयको जनाउ दिने अलार्म तय गर्न सक्नुहुन्छ ।

साथै गुगल असिस्टेन्टले तपाईंलाई मिठो निद्राका लागि विभिन्न आनन्ददायी आवाजहरु पनि बजाइदिन्छ । गुगल असिस्टेन्टले सुत्नु अगाडि भोलिका लागि ब्याट्री रिचार्ज गर्नुपर्ने छ कि भनेर पनि सम्झाइदिन्छ । यी सबै कुराका लागि गुगल असिस्टेन्टमा अलार्म राख्न सकिन्छ ।

रिमाइन्डर सेट गर्ने

गुगल असिस्टेन्टको एउटा अर्को सबैभन्दा उपयोगी फिचर भनेको प्रासङिगक रिमाइन्डर व्यवस्थापन गर्न पाउनु हो । तपाईंले कुनै निश्चित दिन तथा समयमा कुनै निश्चित क्रियाकलापहरुको बारेमा सम्झना गर्नको लागि गुगल असिस्टेन्टमा रिमाइन्डर सेट गर्न सक्नुहुन्छ ।

जस्तै कुनै आइतबार बिहान १० बजे आमालाई फोन गर्न सम्झाउनु, शनिवार दिउँसो १ बजे सामान किनमेल गर्न पसल जानेकुरा सम्झाउनु आदि भनेर गुगल असिस्टेन्टमा रिमाइन्डर सेट गर्न सकिन्छ । तपाईंले त्यसरी तय गरेको समयमा गुगल असिस्टेन्टले आवाजबाटै तपाईंलाई उक्त कुराको स्मरण गराउनेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?