+
+

मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १२:१८

२० माघ, काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेट जारी छ ।

मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?