+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तोकियो भन्सार विन्दु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १४:५४

२० माघ, काठमाडौं । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा भन्सार विन्दु तोकिएको छ । अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्र तोकेको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार पोखरा महानगरपालिका वडा नं १४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ओगटेको सबै क्षेत्र र चार किल्ला भित्रको क्षेत्रलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार क्षेत्र घोषणा गरिएको हो ।

सूचना अनुसार पूर्वमा विजयपुर खोला र सो खोलामा अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासँग जोडिएको क्षेत्रले भन्सार सीमाना छुट्याएको छ । पश्चिममा काजीपोखरी खहरे खोला र सो पारीको फलेपाटन भन्ने स्थानले सीमाना छुट्याएको छ ।

उत्तरमा पृथ्वी राजमार्ग तथा हलेवी मार्गसँग जोडिएको भूभाग भित्रको क्षेत्रलाई छुट्याइएको छ । दक्षिणमा भेडी फार्म, राधाकृष्ण मन्दिर हुँदै रामेश्वरी माविसँग जोडिएको क्षेत्रले सीमाना तोक्ने सूचनामा उल्लेख छ ।

पोखरा विमानस्थल १ जनवरीबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । तर, अझै अन्तर्राष्ट्रिय उडान भने सुरु भइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?