+
+

मनिषादेखि राजेशसम्मले हेरे फिल्म ‘ह्यारीकी प्यारी’, शनिबारको कमाइ उत्साहजनक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते २०:२६

काठमाडौं । शनिबार सार्वजनिक बिदाको दिनमा साम्राज्ञी शाह र जितु नेपाल स्टारर फिल्म ‘ह्यारीकी प्यारी’ले सुखद कमाइ गरेको छ । दोसो दिन फिल्मको देशब्यापी अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रह्यो । सिंगलसहित मल्टिप्लेक्समा पनि दर्शकीय अकुपेन्सी उत्साहजनक देखिएको हल संचालकले जनाएका छन् ।

‘महापुरुष’पछि नेपाली फिल्मले बक्सअफिसमा गति लिएको थिएन । दुई महिनादेखि सुस्ताएको नेपाली फिल्मको बजारलाई ‘ह्यारीकी प्यारी’ले लयमा ल्याउन सक्ने संकेत देखिएको अनुमान गरिएको छ ।

प्रिमियरपछि फिल्मले सुखद ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सको उपत्यकासहित मुख्य सहरका हलमा शनिबार दर्शकीय उपस्थिती उत्साहजनक देखियो । बिग मुभिज, आइएनआइ, वान सिनेमाज्, एफक्यूब, बीएसआर, रञ्जना सिनेप्लेक्सलगायतका हलमा पनि दर्शकीय उपस्थिती राम्रो देखियो ।

शनिबार पोखरा, बुटवल, भैरहवा, चितवन, इटहरी लगायतका प्रमुख सहरमा पनि दर्शकीय उपस्थिती राम्रो रहेको जनाइएको छ । फिल्मको भविष्य आइतबारदेखि प्राप्त हुने अकुपेन्सीमा निर्भर हुनेछ ।

रिलिज भएयता कलाकारसहित निर्देशक कपिल रिजाल हल हलमा पुगेर दर्शकसँग फिल्म हेरिरहेका छन् । निर्देशक रिजालले दर्शकीय प्रतिक्रिया सकारात्मक रहेको र उत्साहले आफूहरुलाई खुशि मिलेको बताए ।

दर्शकले जितु र साम्राज्ञीको अनस्क्रिन रोमान्सलाई रुचाएका छन् । कतिपयले अभिनय र कथावस्तुको प्रशंसा समेत गरेका छन् । फिल्मले दुई अलग पृष्ठभूमिका मुख्य पात्रलाई परिस्थितीले कसरी सँगै ल्याउँछ र उनीहरु प्रेममा पर्छन् भन्ने कथा पेश गर्छ । सपना पुरा गर्न उनीहरुले कस्ता बाध्यतासँग संघर्ष गर्छन् भन्ने कथावस्तु पनि यसमा चित्रित छ ।

फिल्ममा लक्ष्मी गिरी, सरला रिजाल, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन छ । सुदीप बरालले फिल्म खिचेका हुन् ।

यसैबीच एक विशेष शोका बीच फिल्मलाई मनीषा कोइराला, राजेश हमाल, भुवन चन्द, करिश्मा मानन्धर लगायतले हेरेका छन् । क्यूएफएक्सको दरबार सिनेम्याक्स हलमा पुगेर उनीहरुले फिल्म हेरेका हुन् । फिल्म हेरेपछि मिडियासँग कुरा गर्दै उनीहरुले फिल्म मनोरञ्जनक बनेको प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?