+
+

म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा उक्लियो, लिभरपुल वल्भ्ससँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते ८:४५

२२ माघ, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड शनिबार राति क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको छ ।

ब्रुनो पर्नान्डेजल र मार्कुस रासफोर्डले युनाइटेडको जितमा गोल गर्दा कासेमिरोले भने रातो कार्ड पाउँदै मैदान छाडे ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ब्रुनोले सातौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । रासफोर्डले ६२औं मिनेटमा गोल गर्दै अग्रतथा दोब्बर पारे ।

तर ७०औं मिनेटमा कासेमिरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा झर्‍यो । त्यसैको फाइदा उठाउँदै क्रिस्टल प्यालेसका जेफ्रे स्कल्फले ७६औं मिनेटमा एक गोल फर्काए । तर थप गोल गर्न सकेन र युनाइटेड ३ अंक जोड्न सफल भयो ।

यस जितले युनाइटेड २१ खेलबाट ४२ अंक जोड्दै तेस्रो स्थानमा उक्लियो ।

त्यसपछि भएको खेलमा न्युकासल र वेष्टह्यामले १-१ को बराबरी खेलेपछि युनाइटेडले फाइदा भयो । समान खेलपछि युनाइटेडले न्युकासलमाथि २ अंकको अग्रता बनायो । युनाइटेड दोस्रो स्थानको म्यानचेष्टर सिटी भन्दा ३ अंकले पछि छ ।

न्युकासलका लागि घरेलु मैदानमा कलुम विल्सनले खेलको तेस्रो मिनेटमै गोल गरि अग्रता दिलाएका थिए । तर लामो समय टिकेन । वेष्टहमका लागि लुकास पाक्वेराले ३२औं मिनेटमा बराबरी गोल फर्काए ।

उता लिभरपुलको भने यस सिजन खराब प्रदर्शन कायम रहँदा वल्भ्ससँग ३-० ले पराजित भयो ।

वल्भसलाई घरेलु मैदानमा जिताउन क्रेग डवसनले १२औं र रुभेन नेभेसले ७१औं मिनेटमा गोल गरे । त्यसअघि खेलको पाँचौ मिनेटमा लिभरपुलका जोएल मातिपले आत्मघाती गोल उपहार दिएका थिए ।

यस सिजन सातौं हार बेहोरेको लिभरपुल २० खेलबाट २९ अंकसहित दशौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?