+
+

जब भीएआरको निर्णय ढिला भयो, कोरेअले बेन्चमा फर्केपछि गोलको खुशी मनाए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते ९:००

२२ माघ, काठमाडौं । शनिबार राति स्पानिस ला लिगा न्तर्गत एट्लेटिको मड्रिड र गेटाफेबीचको खेलमा अनौंठो अवस्था देखियो ।

मैदानबाट प्रतिस्थापन भइसकेका एक खेलाडीले गोल गरे अनि बेन्चबाट खुशी मनाए । जतिखेर उनले ज्याकेटसमेत लागइसकेका छन् ।

यो सबैको कारण भने भिडियो असिस्टसेन्ट रेफ्री (भीएआर) को निर्णयमा ढिलाइ हुनु थियो ।

एट्लेटिको र गेटाफेबीचको खेलको ५९.४०औं मिनेटमा थोमस लेमारको सट रिबाउन्ड हुँदा त्यसमा एन्जल कोरेअले गोल गरे । तर कोरेअले खुशी मनाएको केही मिलिसेकेण्डमै रेफ्रीले गोललाई मान्यता दिएनन् ।

आधा मिनेटपछि ६०.१५ मिनेटमा अर्जेन्टाइन कोरेखलाई यानिस कारास्कोले रिप्लेस गरे । जतिखेर गोलबारे निर्णय भइसकेको थिएन ।

तर भिएआर ६१.४० मिनेटसम्म पनि गोल रिभ्यु गरिरहेको थियो र त्यसको २५ सेकेण्डपछि माटेउ लाहोजले गोल भएको संकेत गरे ।

गोलले मान्यता पाउँदा कोरेअ बेन्चमा पुगिसकेका थिए । गोल भएपछि टिममेटहरू टेक्निकल एरियामा पुगेर कवरेअसँग खुशीयाली मनाए, जतिखेर उनी बेन्चमा बसिसकेका छन् । विश्व विजेता कोरेअले केही खुल्ला ठाउँ खोजेर जम्प गर्दै खुशी मनाए ।

एट्लेटिकोको अग्रता भने लामो समय टिकेन । गेटाफेका एनेस उनालेले ८३औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो ।

एट्लेटिको २० खेलबाट ३५ अंक जोडेर चौथो स्थानमा छ । समान खेलबाट गेटाफे १८ अंकसहित १९औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?