+
+

पूर्वगभर्नर जबराको पार्थिव शरीरमा कांग्रेस नेताहरुले ओढाए पार्टीको झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते ११:४८

२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले दिवंगत पूर्वगभर्नर हिमालय शमशेर जबराप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, सुनिलबहादुर थापा, प्रकाशमान सिंह लगायतका नेताहरुले जबराको बबरमहलस्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित जबरा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?