+
+

यो हो हिमालय शमशेरले हस्ताक्षर गरेको नेपाली नोट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १२:२३

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज(आइतबार) बिहान निधन भएको छ । उनी नेपाली नोटमा हस्ताक्षर गर्ने पहिलो गभर्नर हुन् । सामाजिक सञ्जाल फेसबुकमा ज्ञानराम श्रेष्ठले यो नोट राखेर हिमालय शमशेरसँगको भेटको स्मरण गरेका छन् ।

श्रेष्ठका अनुसार भेटमा हिमालय शमशेरले नोट संकलकहरुलाई यो नोट उपहार दिएका थिए । सो क्रममा उनले नोट र आफ्नो तस्वीरमा हस्ताक्षर गरेका थिए । हिमालय शमशेर विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए ।

उनको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका हुन् । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ति दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?