+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

यो हो हिमालय शमशेरले हस्ताक्षर गरेको नेपाली नोट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १२:२३

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज(आइतबार) बिहान निधन भएको छ । उनी नेपाली नोटमा हस्ताक्षर गर्ने पहिलो गभर्नर हुन् । सामाजिक सञ्जाल फेसबुकमा ज्ञानराम श्रेष्ठले यो नोट राखेर हिमालय शमशेरसँगको भेटको स्मरण गरेका छन् ।

श्रेष्ठका अनुसार भेटमा हिमालय शमशेरले नोट संकलकहरुलाई यो नोट उपहार दिएका थिए । सो क्रममा उनले नोट र आफ्नो तस्वीरमा हस्ताक्षर गरेका थिए । हिमालय शमशेर विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए ।

उनको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका हुन् । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ति दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?