 
																			काठमाडौं । सामसङले ग्यालेक्सी एस सिरिजको ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ लाई २०२३ को फेब्रुअरी १ मा ग्यालेक्सीको अल्टिमेट प्रिमियम स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ। जस्तै यसले परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ।
ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दिर्घकालिन गेम प्ले उपलब्ध गराउने कम्पनीले बताएको छ । यो सामसङको क्वालकमसँगको सहकार्यले एक्सक्लुसिभ चिपसेट इन्हान्स्मेन्टद्वारा समर्थित रहेको कम्पनीको भनाइ छ।
‘नयाँ ग्यालेक्सी एस सिरिजले सामसङको अल्टिमेट प्रिमियम अनुभवलाई कसरी परिभाषित गर्छ भन्ने कुराको प्रतीक हुनेछ । सामसङले हाम्रो नयाँ ग्यालेक्सी एस२३ सिरिजको साथमा नयाँ मापदण्ड र बारहरु सेट गर्दैछ,’ सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२३ आफ्नो हातमा प्राप्त गर्न इच्छुक उपभोक्ताहरूले आज नै आफ्नो फोन प्रिअर्डर गर्न सक्नुहुनेछन् र साथमाअमेजिङ प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नुहुनेछन्।’
आफूलाई मनपर्ने ग्यालेक्सी एस२३ सिरिजलाई कम्पनीको आधिकारिक प्रिअर्डर वेबसाइटमा दर्ता गरी प्रिअर्डर गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । प्रिअर्डर अफरहरू फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुने कम्पनीले बताएको छ ।
अमेजिङ लाभहरूले भरिएको एस२३ सिरिज ६ हजार ४०० रुपैयाँबाट सुरु हुने मासिक शून्य प्रतिशत ब्याज दरमा ईएमआईमा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ । सामसङले १ वर्षका लागि १ पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउँदैछ । यस्तै कम्पनीले सामसङका फोनहरुमा आफ्नो स्तरवृद्धि गर्न चाहनेहरूले ८ हजार रुपैयाँसम्मको विनिमय लाभहरू पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
कलर भेरियन्ट र मूल्य:
| सि.नं | डिभाइस | रंग | मूल्य | 
| १ | ग्यालेक्सी एस२३ अल्ट्रा (१२+५१२ जीबी) | हरियो, फ्यान्टम ब्ल्याक, क्रिम | २,०९, ९९९ | 
| २ | ग्यालेक्सी एस२३ अल्ट्रा (१२+२५६ जीबी) | १,९१, ९९९ | |
| ३ | ग्यालेक्सी एस२३ प्लस (८+२५६ जीबी) | हरियो, लाभेन्डर | १,५१, ९९९ | 
| ४ | ग्यालेक्सी एस२३ बेस (८+२५६ जीबी) | हरियो, क्रिम | १,२७, ९९९ | 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4