+
+

नेपाली फ्यानले मनाए नेयमारको जन्म दिन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते ७:४३

२३ माघ, काठमाडौं । ब्राजिलियन फुटबलका उत्कृष्ट फर्वार्ड नेयमारको जन्म दिन नेपालमा पनि मनाइएको छ ।

फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ नेयमारको जन्म दिन मनाएका हुन् ।

नेपाली फुटबलर सुनिल बलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेयमारको जर्सीसहितको केक काटेर फ्यानहरूले उनको जन्मदिन मनाएका हुन् ।

कार्यक्रममा नेयमारको जर्सीसहित तस्वीर पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा जेसिका लामाले नेयमारको जन्म दिनको अवसरमा उक्त आश्रममा खाद्य सामग्री पनि वितरण गरकी थिइन् ।

फेब्रुअरी ५, १९९२ मा ब्राजल साओ पाओलोमा जन्मेका नेमार जुनियर आजदेखि ३१ वर्षमा प्रवेश गरेका छन् ।

व्यावसायिक करियर ब्राजिलको सान्तोस एफसीबाट सुरु गरेका नेयमारले छिट्टै आफूलाई विश्वकै आशा लाग्दो युवा खेलाडीको रूपमा स्थापित गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?